प्रियंका चोपडाको यो कमेन्टले के रोकिनेछ निक जोनसबारे अड्कलबाजी
प्रियंका चोपडाले आज आफ्नो नयाँ फिल्म म्याट्रिक्सको पोस्टर आफ्नो सोसल मिडिया ह्यान्डलमा सेयर गरेकी छिन् तर उनको नयाँ फिल्मभन्दा बढी चर्चा उनको नामको विषयमा भइरहेको छ ।
वास्तवमा प्रियंका चोपडाले आफ्नो ट्वीटर र इन्स्टाग्राम बायोबाट आफ्ना श्रीमान् निक जोनसको थर हटाएकी छिन् । त्यसपछि विभिन्न अनुमान लगाइँदैछ । सोसल मिडियाका साथै मेनस्ट्रीम मिडियामा पनि प्रियंकाको यो कदमको अर्थ के हो भनेर चर्चा हुन थालेको छ ।
सोसल मिडिया र मिडियामा जुन अड्कलबाजी गरिरहेका छन् त्यसमा सबैभन्दा धेरै चर्चा प्रियंका र निक जोनसको सम्बन्धको विषयमा चलिरहेको छ ।
प्रियंका चोपडाले आफ्नो नामबाट श्रीमानको थर हटाएको विषयमा कुनै जानकारी वा स्पष्टिकरण दिएकी छैनन् न नै यसबारे कुनै टिप्पणी गरेकी छिन् । उनको टिमको तर्फबाट पनि कुनै बयान आएको छैन ।
तर प्रियंका चोपडाकी आमा मधु चोपडाले यी सबै अफवाहलाई बकवास बताउँदै यसको खण्डन गरेकी छिन् ।
मधु चोपडाले नेटवर्क १८ लाई दिएको बयानमा यो सबै बेकारको कुरा भएको बताएकी छिन् । उनले मानिसलाई अफवाह नफैलाउन आग्रह गरेकी छिन् ।
प्रियंका चोपडाले भलै यी अनुमानबारे कुनै बयान दिएकी छैनन् तर उनका श्रीमान निक जोनसले ११ घण्टा अघिको पोस्टमा कमेन्ट गर्दै थुप्रै कुरा स्पष्ट पारेकी छिन् ।
निक जोनसले जिममा वर्कआउट गर्दै इन्स्टाग्राममा एउटा पोस्ट गरेका छन् । यसमा कमेन्ट गर्दै प्रियंका चोपडाले लेखेकी छिन्, ‘हाय, म त मरेँ ।’
प्रियंकाको यो कमेन्टमा कमेन्ट गर्दै थुप्रैले खुसी व्यक्त गरेका छन् ।
सोसल मिडियामा प्रियंकाबारे के कति लेखियो ?
सोसल मिडियाबाट थर हटाएपछि प्रियंका चोपडा ह्याशट्याटसहित ट्वीट गर्दै सिया नामकी एक प्रयोगकर्ताले लेखेकी थिइन्, ‘अझै धेरै कुरा आउन बाँकी छ ।’
अर्का एक प्रयोगकर्ताले यसलाई पब्लिसिटी स्टन्ट बताएका छन् ।
उनी लेख्छन्, ‘प्रियंकाले आफ्नो बायोबाट जोनस थर आफ्नो इन्स्टाबाट हटाएकी छिन् किनभने उनी आफ्नो नयाँ फिल्मको पोस्टरको प्रचार गर्न चाहन्छिन् । यो पब्लिसिटी स्टन्ट हो ।’
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘सर्वसाधारण पारिवारिक झगडापछि आफ्नो थर हटाउने गर्छन् । तपाईंहरु गहिरो सास फेर्नुहोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण