एमाले महाधिवेशन : फेरि सचिवमै दोहोरिने योगेश भट्टराईको अपेक्षा
बुधबार, ०८ मङ्सिर २०७८, १३ : ३०
नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमार्फत आफूले पुनः सचिवकै जिम्मेवारी सम्हाल्ने अपेक्षा गरेका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उम्मेदवारी घोषणा नभए पनि सचिवकै जिम्मेवारी पुनः सम्हाल्ने अपेक्षा गरेका हुन् ।
आफू भर्खरै चितवन आइपुगेको र देशभरबाट महाधिवेशन प्रतिनिधिहरू आउने क्रम सुरु भएको भन्दै उनले सबैसँग सल्लाह लिएर अघि बढ्ने जानकारी दिए । एमालेमा कार्यकारी भूमिका निर्वाह गर्न आफूसँग अझै १५ वर्ष बाँकी रहेकाले अहिले नै ठुलो पदमा पुग्ने आकांक्षा नराखेको उनको भनाइ थियो ।
उनले पार्टीभित्र अहिले पनि समूह रहेको तर त्यो समूह भनेको एमाले नै रहेको पनि बताए । उनले महाधिवेशनको उद्घाटन सत्रलाई भव्य बनाइने र चितवनका हरेक घरमा उद्घाटन सत्रमा सहभागिताका लागि निमन्त्रणा पठाइएको जानकारीसमेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण