निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहन्छ : प्रचण्ड
बुधबार, ०८ मङ्सिर २०७८, १४ : ३६
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने बताएका छन् । गठबन्धनले समन्वय समिति गठन गरी सहकार्यलाई अघि बढाइसकेको भन्दै उनले पाँच दलीय गठबन्धन दिगो हुने बताए ।
बुधबार कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले जनताको अधिकार बिना माओवादी केन्द्रले संघर्ष गर्न नछोड्ने बताए । सहिद परिवार, बेपत्ता भएकाको परिवार, मजदुर, जनयुद्धका घाइते, अपाङ्ग, जनयुद्ध र जनआन्दोलनमा सहयोग गर्ने मजदुर तथा किसानको अधिकारका लागि माओवादी केन्द्रले संघर्ष गरिरहने उनको भनाइ थियो ।
उनले भूमिहीन सुकुम्बासीको समस्या चाँडै समाधान गर्ने आश्वासनसमेत दिए । देशमा माओवादी केन्द्र बलियो भयो भने देश र जनता पनि बलियो हुने भन्दै उनले देशभर अहिले माओवादी केन्द्रको पक्षमा जनलहर देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण