केपी ओलीको विकल्प छैन : प्रदीप ज्ञवाली
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संवैधानिक आवरणमा मुलुकलाई प्रतिगामी बाटोमा हिँडाउन लागेको अवस्थामा एमालेले दसौँ राष्ट्रिय महाधिवेशन गर्न गइरहेको भन्दै यो महाधिवेशनबाट देश र जनतालाई एमालेको उपस्थिति देखाएर प्रस्ट सन्देश दिनुपर्ने खाँचो औँल्याएका छन् ।
बुधबार राष्ट्रिय युवा संघको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई भत्काउने कसैले दुस्साहस नगरोस्, त्यसको पहरेदारको भूमिका एमालेले निर्वाह गर्नेछ भन्ने सन्देश दिनुपर्ने खाँचो औँल्याए । सही नीति र सही नेतृत्व स्थापित गर्ने प्रयोजनका निम्ति महाधिवेशन भइरहेको भन्दै उनले केपी ओलीको विकल्प नरहेको दाबीसमेत गरे ।
मुलुकमा अहिले एमालेविरुद्ध चौतर्फी घेराबन्दीको अवस्था सिर्जना भएको पनि उनले बताए । केन्द्र र प्रदेशका सरकारबाट पार्टी बाहिरिएको, केही नेता एमालेबाट चोइटिएको र केही मिडियाको समाचार हेर्ने हो भने एमालेमा खरानी मात्र बाँकी छ जस्तो भन्ने सन्देश प्रवाह भएको अवस्थामा एमालेले दसौँ महाधिवेशनमार्फत त्यो भ्रम चिर्ने पनि उनले प्रस्ट पारे ।
संसारलाई सूचना प्रविधिले हत्केलामा अटाउने बनाएको उदाहरण दिँदै उनले साइबर सर्कलमार्फत एमालेका विचार र नीतिलाई आम जनतामा लैजान सहज हुने विश्वाससमेत व्यक्त गरे । सूचना प्रविधि भनेको दुईधारे ब्लेड भएको उदाहरण दिँदै उनले तरिका मिलाउँदा दारी काट्न सकिने र तरिका नमिलाउँदा गाला काट्ने प्रस्ट पारे । उनले मुलुक पनि अहिले त्यस्तै दुई धारमा उभिएको चर्चा गरे । एकातिर केपी ओली र अर्कातिर १० तिर फर्किएका अवसरवादी गरी मुलुक दुई धारमा रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
