काँग्रेस पालिका अधिवेशन : धनुषाका १८ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न
सत्तारुढ नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । १८ वटा स्थानीय तहमध्ये ९ वटामा सर्वसम्मत र ९ वटा पालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । आइतवारदेखि सुरु भएको अधिवेशन जारी नै छ । ९ वटा पालिकामा सोमबार नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने ९ वटा पालिकामा मंगलबार र बुधवार निर्वाचन सम्पन्न भएको हो ।
धनुषाधाम नगरपालिकामा चन्द्रीप यादव र हंसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मत ढंगले चयन भएका छन् भने सबैला नगरपालिकामा खटु यादव, मिथिला बिहारी नगरपालिकामा राजेन्द्र यादव र गणेशमान चारनाथ नगरपालिकामा रामसुभ यादव सभापतिमा विजयी भएका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ को औरही गाउँपालिकामा जुगल सिंह सर्वसम्मत ढंगले निर्वाचित भएका छन् भने विदेह नगरपालिकामा गणेश साह, कमला नगरपालिकामा शंकर यादव, शहीदनगर नगरपालिकामा श्रीलाल यादव र जनकनन्दनी गाउँपालिकामा दिलीपकुमार यादवको नेतृत्व निर्वाचित भएको पूर्व सांसद दिनेश प्रसौलाले जानकारी दिए ।
त्यसैगरी क्षेत्र ३ अन्तर्गत पर्ने जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराईन नगरपालिकामा विनय यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव र धनौजी गाउँपालिकामा रामनारायण यादव सर्वसम्मतरुपमा सभापतिमा चयन भएका छन् ।
क्षेत्र नम्बर ४ का लक्ष्मीनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव सर्वसम्मत रुपमा सभापतिमा चयन भएका छन् । यता, मिथिला नगरपालिकाको सभापतिमा जोगी महतो र बटेश्वर गाउँपालिकाको सभापतिमा राजेन्द्र यादव निर्वाचित भएको नेपाली काँग्रेस धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण