कपिलवस्तुमा बसको ठक्करबाट किशोरको मृत्यु
बुधबार, ०८ मङ्सिर २०७८, १९ : २२
कपिलवस्तुमा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । बुधबार जिल्लाको शिवराज नगरपालिका १ मा बसको ठक्करबाट स्थानीय १८ वर्षीय सन्तोष मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले बनवासबाट चन्द्रौटातर्फ साइकलमा आउँदै गरेका पुनलाई ठक्कर दिँदा मगर गम्भीर घाइते भएका थिए । बुटवलमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण