आरती स्ट्रिप्सका प्रशासन प्रमुखमाथि कुटपिट, २ जना प्रहरीको नियन्त्रणमा
बुधबार, ०८ मङ्सिर २०७८, २१ : ४२
विराटनगर । बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्सका प्रशासन प्रमुख दिवस नेपालमाथि कुटपिट भएको छ । मोरङको बुढीगंगास्थित भारतीय भूषण ग्रुपद्वारा सञ्चालित स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघलसहित भारतीय मजदूरले उनीमाथि बुधबार कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते नेपालको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीकाअनुसार आरती स्ट्रिप्सका सञ्चालक सिंघल पनि घाइते रहेको बताइएको छ । सिंघल पनि कोशी अस्पतालमा रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘दुवै जनालाई चोटपटक लागेको देखिएको छ,’ उनले भने, ‘के कारणले घटनाको भएको हो यस विषयमा अनुसन्धान भइरहेको छ ।’
कुटपिटपछि पुगेको प्रहरीले स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मालाई सोधपुछका लागि नियन्त्रणमा लिएको दाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण