बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो
बुधबार, ०८ मङ्सिर २०७८, २२ : १४
बुद्ध एयरको ७२ सिटे जहाज नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको छ । बुधबार साँझ साढे ७ बजे बुद्ध एयरको जहाज स्यालसँग ठोकिएको हो । जहाज स्यालसँग ठोक्किए पनि कुनै अप्रिय घटना नघटेको बुद्ध एयरले जानकारी दिएको छ ।
जहाज स्यालको बच्चासँग ठोक्किएको र ठोक्किएको जहाजको इन्जिन चेक भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।
नेपालगञ्जबाट काठमाडौं जाने प्यासेन्जरहरूलाई बुद्ध एयरकै अर्को जहाजमा ल्याउन लागिएको बुद्ध एयरका सञ्चालक बीरेन्द बस्नेतले जानकारी दिए । जहाजमा सामान्य क्षति भएपनि थप विवरण भोलिमात्र आउने उनले बताए ।
विमानस्थलमा घाँसे मैदान हुँदा जंगली जनावरहरुको बिगबिगी बढेको र यसले दुर्घटना निम्त्याएको बस्नेतको भनाई छ । यसअघि सोही स्थानमा तारा एयरको जहाज पनि बँदेलसँग ठोक्किएर दुर्घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, जसपाले दिने
-
मुख्यमन्त्रीको कार्यालयका उपसचिवविरुद्ध बलात्कार आरोपमा जाहेरी दर्ता
-
०८४ को निर्वाचनलाई उपयोग गरेर जाने हो : विप्लव
-
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
-
बत्तीसपुतली घटना : बाटोमा हिँड्दा ठोक्किएको निहुँमा हत्या
-
घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ : अध्यक्ष लोहनी