बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो
बुधबार, ०८ मङ्सिर २०७८, २२ : १४
बुद्ध एयरको ७२ सिटे जहाज नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको छ । बुधबार साँझ साढे ७ बजे बुद्ध एयरको जहाज स्यालसँग ठोकिएको हो । जहाज स्यालसँग ठोक्किए पनि कुनै अप्रिय घटना नघटेको बुद्ध एयरले जानकारी दिएको छ ।
जहाज स्यालको बच्चासँग ठोक्किएको र ठोक्किएको जहाजको इन्जिन चेक भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।
नेपालगञ्जबाट काठमाडौं जाने प्यासेन्जरहरूलाई बुद्ध एयरकै अर्को जहाजमा ल्याउन लागिएको बुद्ध एयरका सञ्चालक बीरेन्द बस्नेतले जानकारी दिए । जहाजमा सामान्य क्षति भएपनि थप विवरण भोलिमात्र आउने उनले बताए ।
विमानस्थलमा घाँसे मैदान हुँदा जंगली जनावरहरुको बिगबिगी बढेको र यसले दुर्घटना निम्त्याएको बस्नेतको भनाई छ । यसअघि सोही स्थानमा तारा एयरको जहाज पनि बँदेलसँग ठोक्किएर दुर्घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण