लिभरपुलको शतप्रतिशत रेकर्ड कायम
बिहीबार, ०९ मङ्सिर २०७८, १० : ०५
पोर्टोमाथि सहज जित निकाल्दै लिभरपुलले यो सिजन च्याम्पियन्स लिगमा आफ्नो शत प्रतिशत रेकर्ड कायम राखेको छ । बुधबार राति भएको खेलमा लिभरपुल २–० गोलले विजयी बन्यो ।
लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५२ औँ मिनेटमा थियागोले २५ यार्ड टाढाबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । यो सिजन थियागोको यो पहिलो थियो । ७० औँ मिनेटमा मोहमद शलाहले अर्को गोल थप्दै लिरभपुलको जीत सुनिश्चित गरे ।
समूह बीमा रहेको लिभरपुले यसअघि नै प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । लिभरपुल १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने पोर्टो ५ अंकसहित दोस्रो स्थानमा रहेको छ । उता, एसी मिलानले एथ्लेटिको म्याड्रिडलाई १–० गोलले हराउँदै अन्तिम १६ मा पुग्ने आशा कायम राखेको छ । मिलान र एथ्लेटिको दुवैको ४–४ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण