अयोग्यलाई महाधिवेशन प्रतिनिधि सिफारिस गरेको भन्दै एमाले मुख्यालयमा उजुरी
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा योग्य प्रतिनिधि छनौट सिफारिस गरिएको भन्दै एमाले अध्यक्ष केपी ओलीसमक्ष उजुरी परेको छ । नेकपा एमाले ओखलढुंगाले महाधिवेशन प्रतिनिधि कायम गर्न पार्टीको विधान अनुसार योग्य नभएका व्यक्ति सिफारिस गरिएको भन्दै लिलादेवी धमलाले एमाले मुख्यालयमा उजुरी दर्ता गरेकी हुन् । धमला महाधिवेशन प्रतिनिधि छनौट प्रकृयामा सहभागी हुन उम्मेदवारी दर्ता गरेकी नेतृ हुन् ।
उनले सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङलाई पार्टीको विधान विपरित जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले प्रतिनिधिमा सिफारिस गरेको जानकारी पाएपछि उजुरी गरेको बताइन् ।
जिल्लाबाट प्रतिनिधि छनौटमा उम्मेदवारी दर्ता गर्दा निर्वाचन समितिले पार्टीको विधानअनुसार योग्यता नपुगेको भन्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो । सिद्धिचरण नगरपालिकाका उप प्रमुख रहेकी इच्छाकुमारी गुरुङ २०७४ को स्थानीय निर्वाचन अघि शिक्षक र काँग्रेसकी सदस्य थिइन् । उनलाई पार्टी सदस्यता र उपप्रमुखको टिकट एमालेले एकैसाथ दिएको थियो ।
जिल्लाबाट छनौट हुने प्रतिनिधिको उम्मेदवारी नै अयोग्य भएपछि मनोनयनका लागि केन्द्रमा नाम सिफारिस भएको विषयमा खोज्दा कुरा गर्न एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले टेलिफोन उठाएनन् । जिल्ला सचिव शंकर कट्वालले महाधिवेन प्रतिनिधि मनोनित स्थायी कमिटीले गरेको अपुष्ट खबर सुने पनि सिफारिसबारे जानकारी नभएको बताए । उनले भने, ‘सिफारिसबारे जानकारी छैन, मनोनित गरिएको भन्ने सुनिएको छ, सायद हुनसक्छ ।’
धमलाले आफु उम्मेदवार रहेको र विधान अनुसार योग्यता पुगेर उम्मेदवारी कायम रहेको सन्दर्भमा विधान मिचेर गलत कार्य गर्न खोजिएकाले रोक्न उजुरी गरेको जानकारी दिइन् । एमाले विधानमा महाधिवेशन प्रतिनिधी हुन १० वर्षदेखि निरन्तर पार्टी सदस्य रहेको व्यक्ति हुने व्यवस्था छ । यद्यपी गुरुङको नाम मनोनित गरेको नामावलीमा भने देखिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण