यी हुन् एमाले महाधिवेशनमा सहभागी हुने ४ देशका १५ विदेशी पाहुना (सूचीसहित)
नेकपा एमालेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने विदेशी अतिथिहरूको विवरण सार्वजनिक गरेको छ । बिहिबार एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशनका अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा ४ देशका १५ जना अतिथि महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।
भट्टराईका अनुसार भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुनेछन् । काठमाडौं आइपुगेका केही अतिथिलाई उनले सोल्टी होटलमा रात्रीभोजको समेत आयोजना गरेका छन् ।
ती अतिथिहरुले उद्घाटन सत्रका दिन शुभकामना दिनेछन् भने मंसिर १२ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुसँग संयुक्त रुपमा ब्रेकफास्ट मिटिङ गर्ने कार्यक्रम तय भएको छ । विदेशी पाहुनाहरुलाई चितवनको ग्रीन मेनसन जंगल रिर्सोटमा बसोबासको व्यवस्था मिलाइएको छ ।
उनीहरुलाई चितवनका पर्यटकीय स्थलहरूको दृश्यावलोकनका साथै थारु साँस्कृतिक प्रदर्शनीको अवलोकनको पनि कार्यक्रम राखिएको छ । यसैबीच एमाले महाधिवेशनका लागि विश्वका १५ देशमा कम्युनिष्ट पार्टीहरुले शुभकामना सन्देश पठाएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण