राष्ट्र बैंकले तीन महिनामा १ खर्ब ८५ अर्ब रुपैयाँ रिपोमार्फत बजार पठायो
बढ्दो तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले तीन महिनामा १ खर्ब ८५ अर्ब बढी रिपोमार्फत बजारमा पैसा पठाएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै बैंकले तीन महिनामा कुल १ खर्ब ८५ अर्ब ५० करोड रुपैयाँ रिपो जारी गरेको बताएको हो ।
यस्तै, सोही अवधिमा स्थायी तरलता सुविधामार्फत ८ खर्ब २२ अर्ब ६८ करोड गरी कुल रु. १० खर्ब ८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको बैंकले जनाएको छ । समीक्षा अवधिमा निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको समेत बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् ६० अर्ब तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी २९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २४ करोड खुद खरिद गरी १ खर्ब ४७ अर्ब ४३ करोड तरलता प्रवाह गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण