मनकामना मन्दिरका पुजारीको हृदयघातबाट मृत्यु
शुक्रबार, १० मङ्सिर २०७८, ११ : ५५
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आएका एक गुर्जु (पुजारी) को हृदयघातबाट मृत्यु भएको छ । हरेक वर्षमा दुईपटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका–४ बल्खु का रत्नराज बज्राचार्यको आकस्मिक रुपमा हृदयघातबाट गए राति निधन भएको मनकामनाका स्थानीयवासी दिनेश जोसीले जानकारी दिए ।
उनले मनकामनाको एक होटलमा बास बसेका पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको बताए । घटनाको जानकारी पाएलगत्तै प्रहरीको एक टोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु, सबैभन्दा बढी सुन्दरीजलमा
-
नरभक्षी बाघ मर्यो
-
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
-
१० महिनामा गण्डकी : आम्दानी कमजोर, खर्च टिठलाग्दो
-
ड्रोनले इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना भएको ठाउँ फेला पार्यो
-
दुर्गादेवी र सुमृति बने ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ को विजेता