माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न चाहन्नौँ : लीलामणि पोखरेल
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले आफूहरू कोही पनि माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न नचाहने बताएका छन् ।
शुक्रबार चितवनमा नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका तर्फबाट शुभकामना व्यक्त गर्दै पोखरेलले राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि सबैको सहकार्यको आवश्यकता औँल्याउँदै कम्युनिस्ट पार्टीको इतिहासमा भइरहेको टुटफुट र एकतालाई स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गरे । ‘समाजमा अन्तर्विरोध स्थिर हुँदैनन्, सामाजिक परिवेश बदलिरहन्छन्, यो नियम मार्क्सवादीले मात्र विश्लेषण गर्न सक्छन्,’ उनले भने, ‘द्वन्द्व नभए विकास हुँदैन ।’
आफूहरू केही काल पार्टी एकता गरेर एकै ठाउँ रहे पनि केही भिन्न मान्यता र परिवेशका कारण अलग हुन पुगेको उनको भनाइ थियो । कम्युनिस्ट आन्दोलन विभेदीकरणको निषेध, समानताको परिचय, स्वतन्त्रताको अभिव्यक्ति हो भन्दै उनले हरेक अत्याचारको विरोध गर्न कम्युनिस्ट आन्दोलनले नै सिकाएको प्रस्ट पारे ।
नेपाली कम्युनिस्ट आन्दोलनप्रति जनताको अपार विश्वास रहनुका साथै नयाँ र समृद्ध नेपाल निर्माण गर्न हाम्रासामु चुनौती रहेको पनि उनले बताए । कसैको एक्लो यात्राले राष्ट्रिय स्वाधीनता, जनताको सच्चा लोकतन्त्रको विकास र समृद्धि हासिल गर्न कठिन रहेको उनको भनाइ छ ।
एकता, सङ्घर्ष र सहकार्य संस्कृतिको साझा प्रयासमा सबै रहने हो भने मुलुकको विकासले कोल्टे फेर्ने उनले बताए । राष्ट्रिय स्वाधीनता र विकासमा सहकार्यको खाँचो औँल्याउँदै उनले आज नयाँ चुनौतीको सामना गर्दै नयाँ सम्भावना बोकिरहेको अवस्थामा कम्युनिस्ट आन्दोलन रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण