मलेसियालाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा
मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी(२० विश्वकपको ग्लोबल छनोटको सम्भावनालाई जिवितै राखेको छ । विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १८ ओभर दुई बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३० रन जोडिन् । सीताले ३८ बलमा तीन चौका प्रहार गरिन् । त्यस्तै कप्तान रुविना क्षेत्रीले २०, सरिता मगरले १५ र कविता कुवरले १० रनको योगदान दिए । मलेसियाकी आइस्या इलिसाले एक विकेट हात पारिन् ।
यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को आइसीसी क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रनको योगफल खडा गरेको थियो ।
मलेसियाका लागि एल्सा हन्टरले ३९ रन बनाएकी थिइन् । त्यस्तै मस ऐल्साले १४ र युसरिना याकुुपले १२ रन जोडेकी थिइन् । नेपालकी सवनम राईले दुई तथा कप्तान रुविना क्षेत्री, सीता राना मगर र कविता कुन्वार समान एक विकेट लिएका थिए ।
जितसँगै नेपाल ४ खेलबाट ६ अंक भएको छ । ३ खेलबाट समान ६ अंक भएपनि यूएई नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष १ ले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण