दुई लाख डलरसहित पोखराबाट एकजना पक्राउ
कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौंबाट 0पोखराका लागि आउँदै गरेको माइक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भइ पोखराको शिवालय चोकका छिरिङ डुन्डुक गुरुङ छन् । प्रहरीले बरामद गरेको रकम दुई करोड ३२ लाख ६ हजार नेपाली रुपैयाँ हुन्छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले उनीबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।
‘विगतको गतिविधि हेर्दा काठमाडौंबाट ठूलो मात्रामा डलर लिएर गाडीमार्फत पोखरा आउने र प्लेन चढेर काठमाडौं जाने गरेको खुलेको छ । अरु अनुसन्धान भैरहेको छ,’ उनले भने । डलर बोकेर आएको भन्ने गोप्य सूचनाको आधारमा गुरुङलाई वडा प्रहरी कार्यालय गगनगौंडाले पक्राउ गरेको हो । उक्त रकम केका लागि ल्याइएको र कहाँ लगानी हुँदै थियो भन्ने प्रहरीले खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण