एमालेले समयमा बन्दसत्र सुरु नगर्दा विदेशी पाहुना त्यसै फर्के
शनिबार, ११ मङ्सिर २०७८, १६ : ५३
एमालेको दशौं महाधिवेशन अन्तर्गत बन्दसत्र समयमै सुरु नहुँदा विदेशी पाहुना प्रत्यक्ष सहभागी नभई फर्कनुपरेको छ । शनिबार निर्धारित समयमा बन्दसत्र सुरु नभएपछि काँग्रेस आईका नेता अखिलेशप्रसाद कार्यक्रममा सहभागी नभई फर्किएका हुन् ।
अखिलेश काँग्रेस आईकी नेतृ सोनिया गान्धीले पठाएको शुभकामना सन्देश लिएर शनिबार सौराहा आएका थिए । तर कार्यक्रमस्थलमा पुगे पनि एमालेले निर्धारित समयमा महाधिवेशन सुरु नगरेपछि अखिलेश गान्धीको सन्देश छोडेर फर्किएका छन् । एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले सो शुभकामना सन्देश बन्द सत्रमा पढेर सुनाएका थिए ।
त्यस्तै कम्युनिष्ट पार्टी अफ इन्डियाका प्रतिनिधि पनि कार्यक्रममा सहभागी नभई फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण