बेलायतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, दश मुलुक रेड लिष्टमा
बेलायतमा पनि दुई जनामा नयाँ कोभिड भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएका छन् । चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन् । नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा यसअघि नै पहिचान गरिएको छ । बेल्जियम लगायतका मुलुकमा पनि यो भाइरस देखिन थालेपछि यात्रा प्रतिबन्धमा थप कडाइ गर्न थालिएको छ ।
बेलायत सरकारले शुक्रबार नै थप ६ वटा मुलुकलाई सोमबारबाट यात्रा प्रतिबन्धको रेड लिष्टमा राख्ने घोषणा गरेको थियो । आज शनिबार एंगोला, मोजाम्बिक, मालावी र जाम्बियालाई पनि रेड लिष्टको सूचीमा राख्ने भएको छ ।
नयाँ भाइरसका कारण बेलायत सरकारले सोमबार बिहान ४ बजेबाट लागू हुने गरि १० ओटा मुलुकलाई रेड लिष्टमा राखेको छ । रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।
बेलायतमा समेत नयाँ भेरिएन्ट देखा परेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज साँझ नै बैठकको आयोजना गर्ने भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोभिड–१९ संस्करणलाई ‘ओमिक्रोन’ नाम दिएको हो ।
विश्व स्वास्थ्य संगठनले यसलाई अत्यन्तै चिन्ताजनक भन्दै टिप्पणी गरेको छ । युरोप अमेरिका लगायत विभिन्न मुलुकले अफ्रिकन मुलुकबाट हुने हवाई उडानलाई प्रतिबन्ध गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण