सहमतिमा कार्यसमिति घोषणा गर्न ओली छलफलमा, बन्दसत्र छोटो हुने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पदाधिकारीसहित १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटी सहमतिमै टुंग्याउन छलफल थालेका छन् । उनले पार्टीका शीर्ष नेताहरुलाई आइतबार आफू बसेकै होटलमा बोलाएर छलफल गरिरहेका छन् ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष ओलीले अध्यक्ष पदका दाबेदार तथा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा रहेका नेता भीम रावलसँग पनि वार्ता गर्ने भएका छन् । केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम घोषणा नगरे पनि रावलले आफ्नो उम्मेदवारीका सम्बन्धमा प्रचार प्रसार गर्दै आएका छन् ।
तामाङका अनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबारे सहमति जुटाएर आइतबार छोटो बन्दसत्र कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । बन्दसत्र करिब आधा घण्टामात्रै हुनेगरी तयारी भएको उनले बताए ।
आइतबार बन्दसत्रले ओलीलाई नै पदाधिकारी र केन्द्रीय सदस्यको प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो । तर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका रावलले निर्वाचन हुनुपर्ने भन्दै आफ्नो पक्षमा प्रचार प्रसार थालेपछि निर्वाचन हुने कि हुने भन्नेमा अन्योल बढेको छ ।
अध्यक्ष ओलीले रावलसहित विभिन्न पदका आकांक्षीहरुलाई बोलाएर छलफल गरी सहमतिमा नेतृत्व चयनको प्रयास थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण