खानामा समावेश गर्नुहोस् यस्ता चिज, बढिरहेको तौल नियन्त्रणमा आउँछ
चिसो मौसममा हामीलाई धेरै भोक लाग्छ त्यसैले खानपिनको मात्रा थोरै बढ्ने गर्छ । धेरै खाँदा र क्रियाकलाप कम हुँदा चिसो मौसममा थुप्रै मानिस मोटोपनको शिकार हुने गर्छन् ।
यहाँ हामी यस्ता खानेकुराबाटरे जानकारी दिँदैछौं जसले चिसो मौसममा तपाईंको प्रतिरोधी क्षमता त बढाउँछ नै यसले तपाईंको तौल पनि बढ्न दिँदैन ।
चिसो मौसममा गाजर, चुकन्दर, मुला, शलगम, प्याजजस्ता तरकारी आफ्नो खानामा समावेश गर्नुहोस् । यसले शरीरलाई प्रिबायोटिक प्रदान गर्छ जसका कारण तौल सजिलै घट्छ ।
यी तरकारी पोषणले भरिपूर्ण हुन्छ जसले प्रतिरोधी क्षमता बढाउनुका साथै पाचन क्रियामा पनि सुधार ल्याउँछ ।
तौल घटाउनमा घ्यूले पनि निकै फाइदा पुर्याउँछ । घ्यूमा भिटामिन ए, डि, इ र के पाइन्छ । यसले खानाको स्वाद बढाउनुका साथै तौल पनि नियन्त्रणमा ल्याउँछ । शुद्ध घ्यूमा भएको सीएलए मेटाबोलिजमलाई सही राख्छ जसका कारण तौल बढ्दैन ।
बदाम चिसो मौसममा सबैभन्दा स्वस्थवद्र्धक मानिन्छ । यसलाई भुटेर वा काँचै खान सकिन्छ ।
केही मानिसहरु यसलाई सलाद वा सब्जीमा पनि हालेर खान्छन् । बदाम खाँदा धेरै बेरसम्म भोक लाग्दैन तसर्थ हामी अतिरिक्त क्यालोरी खानबाट जोगिन्छौं ।
चिसो मौसममा हरिया तरकारी धेरै नै पाइन्छ । आफ्नो खानामा पालुङ्गो, मेथी, तोरीको साग, पुदिना, हरियो लसुनजस्ता समावेश गर्नुहोस् ।
हरिया तरकारीमा थुप्रै पोषक तत्व पाइन्छन् जसले प्रतिरोधी क्षमता बढाउँछ । हरिया सागसब्जी खाँदा चिसो मौसममा हात–खुट्टा सुन्निने र पोल्ने समस्या टाढा हुन्छ ।
चिसो मौसममा नौनी खाँदा शरीर तातो हुन्छ । घरमा बनेको नौनी नै खाने कोसिस गर्नुहोस् किनभने यसमा फ्याटको मात्रा कम हुन्छ ।
चिसो मौसममा छाला रुखो हुन्छ र नौनीले छालालाई हाइड्रेट राख्न सहयोग गर्छ । यसले हड्डी र प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।
चिसो मौसममा स्याउ, सुन्तला, नास्पाती वा मेवाजस्ता मौसमी फलले तौल घटाउन मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मल अभावले धनुषाका कृषक चिन्तित
-
यस्ता हुन्छन् ब्रेन क्यान्सरका सुरुवाती लक्षण
-
अर्जेन्टिनी राष्ट्रपति मिलेईले ब्राजिलका राष्ट्रपति लुलालाई ‘चोर’ र ‘अपराधी’ भनेपछि कूटनीतिक तनाव
-
इरानको आग्रहमा आक्रमण रोकेको ट्रम्पको दाबी, तेहरानले वार्ता अस्वीकार गर्यो
-
सांसद पौडेलले सुकुमबासी बस्तीबाट भने : ‘साथीहरू डोजर चल्छ भनेर डराउनुभएको छ, कसले चलाउँछ डोजर ?’
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण