एमाले महाधिवेशन : बन्दसत्र एक घण्टा पर धकेलियो, अध्यक्ष मण्डलको बैठक बस्दै
आइतबार, १२ मङ्सिर २०७८, १९ : ३७
नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत तेस्रो दिन बन्दसत्र अझै सुरु हुन सकेको छैन । साँझ ७ बजे बन्दसत्र सुरु हुने भनिए पनि पछिल्लो समयमा आएर एक घण्टा पर सारिएको छ । एमाले नेता युवराज ज्ञवालीका अनुसार अध्यक्ष मण्डलको बैठक बस्ने भएकाले बन्दसत्र एक घण्टा पर सारिएको हो ।
अध्यक्ष मण्डलको बैठकपछि बन्दसत्र सुरु हुने उनले बताए । अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ३०१ जनाको सूची पेस गरिनेछ । ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रयासस्वरुप दशौं महाधिवेशनबाट चयन हुने केन्द्रीय कमिटीका पदाधिकारीसहित ३०१ सदस्यीय सूची तयार पारेका छन् । अध्यक्ष मण्डलको बैठकले उक्त सूची अनुमोदन गरेपछि बन्द सत्रमा लगिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण