सेफ सन्तोष नेपाली खाना लिएर फेरि बीबीसी मास्टरसेफमा भिड्दै
लन्डन । ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा उपविजेता बनेका सेफ सन्तोष शाह फेरी मास्टर सेफको प्रतिस्पर्धामा जाने भएका छन् । बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके’ मा नेपाली खाना लिएर उपविजेता बनेका सेफ सन्तोष ‘रिम्याच’ अन्तर्गतको विधामा सहभागी हुन लागेको सन्तोषले बताए ।
यसमा अन्तिम चारजना प्रतिस्पर्धीले भाग लिन पाउनेछन् । यसपालि सन्तोषले आमाको हातबाट बनाएका तराइका बिर्या, तिलौरी जस्ता खाना लिएर प्रतिस्पर्धा गर्नेछन् । ‘यसअघिको कार्यक्रममा तराइको खानलाई समेट्न पाएको थिइन तेसैले यसपटक तराइको खाना पस्किने तयारीमा छु, सन्तोषले बताए ।
यसपालि उनले एउटा मौलिक परिकार ‘कुखुराको तिते’ पनि आफ्नो परिकारमा समावेश गर्नेछन् । करिब पाँच महिना नेपाल बसाइमा आफूले बटुलेका नेपाली खानको अध्ययनको आधारमा यस पटकको प्रतिस्पर्धाको तयारी गरिरहेको सन्तोषले बताए । ‘नेपाली खानालाई फेरी पनि विश्वमाझ चिनाउने अवसर प्राप्त गरेको छु, सबैको माया र आशीर्वादले यसपटक सफलता मिल्ने आशा गरेको छु’ सन्तोषले भने । क्रिसमसको अवसरमा प्रसारण गरिने उक्त रियालिटी शो क्रिसमसवीकमा हुने भएपनि मिति भने तय भएको छैन ।
सन् २०२० को प्रतिस्पर्धाको विभिन्न राउन्डमा विदेशी खाना र विदेशी सेफलाई पछि पार्दै फाइनल राउण्डसम्म पुगेका सन्तोषले यसपटक आफ्नो मास्टर सेफ हुने सपना बोकेका छन् । ३२ जना चर्चित सेफबाट सुरु भएको उक्त प्रतियोगितामा नेपाली सेफ सन्तोष शाहले विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भए । आफू विजेता नभए पनि विश्वसामु नेपाली खाना पुर्याएर विदेशी एवम् नेपालीको मन जित्न सफल हुनु नै उनको विजय मानिएको थियो ।
सिराहा जिल्लाको कर्जन्हाबाट दुई दशकअघि १५ वर्षको कलिलो उमेरमै जीविकोपार्जनका लागि भारत हुँदै बेलायत आएका सन्तोषले यहाँ निकै प्रतिष्ठित मानिने भारतीय ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरूमा एक्जुकेटिभ सेफको उच्च पोजिसिनमा काम गरे । फ्रेन्च कुजिइनका ‘गडफादर’ मानिने रेमण्ड ब्लांक (ओबिई) र अर्का सेलिब्रेटी सेफ विवेक सिंहसंग पनि उनले काम गरे । भारतीय कुजिनमा करिब दुई दशक बिताएपछि सन्तोषमा नेपाली खाना अन्तर्राष्ट्रिय बजारमा चिनाउने भावना लिएर लगातार अघि बढेका छन् ।
यसअघिको कार्यक्रममा सन्तोषले फाइनलसम्म पुग्दा अक्टोपस, जिम्बुले मोलेको पोलेको खसीको मासु, रायोको साग, पुदिना पराठा, सांधेको भटमास, क्रिस्पी प्याज, पुरी, भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा, गंगटाको ‘करी’ टिमुर स्पाइस्ड् अक्ट्पस वीथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार जस्ता मौलिक नेपाली परिकारलाई नेपाली खानाको रुपमा प्रदर्शन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्डको गोल वर्षा, सिटी लगातार चौथो उपाधि नजिक
-
ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
-
नेपाली नोटमा चुच्चे नक्सा : भारतीय विदेशमन्त्रीले भने, ‘एकतर्फी निर्णयले वास्तविकता परिवर्तन हुँदैन’
-
घरजग्गा कारोबार नेपालको अर्थतन्त्रको मेरुदण्ड हो : संयोजक भण्डारी
-
बार्सिलोना हारेपछि रियललाई ला लिगाको उपाधि
-
मौसमविद् भन्छन् : ‘अब पानी पर्छ, पश्चिमबाट प्रणाली नेपाल भित्रिरहेको छ’