काँग्रेस सभापतिमा निर्वाचित भएलगत्तै खड्काले गरे पार्टी भवन बनाउने घोषणा
नेपाली काँग्रेस इलामको पार्टी सभापति निर्वाचित भएपछि डम्बर खड्काले पार्टीको भवन निर्माणका लागि साढे पाँच आना जग्गा दिने घोषणा गरेका छन् । इलाम अस्पताल नजिक रहेको साढे पाँच रोपनी जग्गा पार्टी भवन निर्माणका लागि दिएका हुन् ।
खड्काले पार्टी कार्यालय भवन निर्माणका लागि एक करोड रुपैयाँ दिने घोषणा गरेका थिए । सोही घोषणा बमोजिम करिब ९० लाख रुपैयाँ मूल्य बराबरको जग्गा पार्टी कार्यालयको भवन बनाउन दिने घोषणा गरेका हुन् ।
‘इलाम बजारमा मेरो नाममा भएको जग्गा पार्टीलाई दिने घोषणा गरेको छु, प्रक्रिया पूरा गरेर पार्टीको नाममा पास गर्छु’, खड्काले सभापतिमा निर्वाचित भएको भोलिपल्ट आइतबार पत्रकार सम्मेलन गरेर भने, ‘त्यहाँ भवन निर्माण थाल्छौ, त्यो जग्गामा भएको रुख काट्न भनिसकेको छु ।’
उनले तुरुन्तै पार्टीको कार्यालय भवन निर्माण सुरु हुने जानकारी दिए । पार्टी भवन निर्माणका लागि आइतबार नै सात लाख रुपैयाँको प्रतिबद्धता पाएकोसमेत उनले बताए । आफूले पार्टी भवन निर्माणका लागि एक करोड रुपैयाँको योगदान गर्ने बताएका खड्काले जग्गाको मूल्याङ्कनभन्दा बाँकी रकम भवन निर्माणमा लगाउने बताए ।
‘मैले उपलब्ध गराएको जग्गाको मूल्याङ्कनभन्दा बाहेकको रकम पार्टी भवनको लागि खर्चिन्छु’, खड्काले भने,‘भवन निर्माणका लागि सात लाख रुपैयाँको प्रतिबद्धता आएको छ, अरु साथीहरू पनि भवन निर्माणका लागि लगानी गर्न तयार हुनुहुन्छ ।’
जिल्ला सभापतिमा निर्वाचित भएका खड्काले पराजित भएका सबैलाई मिलाएर लैजाने दाबी गरे । ‘म महाधिवेशनमा पराजित भएकाहरूलाई सम्मान गर्छु, उहाँहरूलाई उचित स्थान दिन्छु’, खड्काले भने,‘पार्टीमा प्रतिस्पर्धा गरेका कारण तिक्ततामा रहनुपर्ने केही कारण छैन ।’ खड्काले इलाममा गुटको राजनीति अन्त्य गर्ने र मूल्यांकनको राजनीति स्थापित गर्ने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण