सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दोस्रो दिन पनि नेप्सेमा साढे २१ अंकको गिरावट, भयो चार अर्बको कारोबार

सोमबार, १३ मङ्सिर २०७८, १५ : २३
सोमबार, १३ मङ्सिर २०७८

सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) मा २१ अंक माथिको गिरावट आएको छ । मौद्रिक नीतिको समीक्षापछि पहिलो दिन अर्थात् गत आइतबार ८० अंक माथिले घटेको बजारमा दोस्रो दिन पनि २१.५१ अंकको गिरावट आएको हो । 
नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजार परिसूचक नेप्से २१.५१ अंकले घट्दै २६ सय २९.९७ विन्दुमा झरेको छ ।  यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ५.९२ अंकले घट्दै ४९५.५३ विन्दुमा झरेको छ ।

आज हाइड्रोपावर र म्युचुअल फन्ड दुई उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् ।  साढे २१ अंकले घटेको बजारमा आज ४ अर्ब ८९ लाख रुपैयाँको कारोबार भएको छ । गत आइतबार ८०.२९ अंकले घटेको बजारमा ५ अर्ब ८३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले अधिकतम ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप