हत्या आरोपमा आमाछोरी पक्राउ
सोमबार, १३ मङ्सिर २०७८, १५ : २७
मोरङको कटहरी गाउँपालिका–५ घर भएका राजेन्द्र उराउको हत्या गरेको आरोपमा प्रहरीले उनकी आमा र बहिनीलाई पक्राउ गरेको छ । मृतककी आमा ५५ वर्षीया बातियो उराउ र बहिनी ३० वर्षीया रिता उराउलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
शनिबार साँझ घरायसी विवाद हुँदा आमा र बहिनीले बाँसको लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । राजेन्द्रले मादक पदार्थ सेवन गरेको विषयमा विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण