नेपाल प्रवेश गर्दा एन्टिजेन पोजेटिभ नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन
स्वास्थ्य सेवा विभागले कोरोनाभाइरस (कोभिड–१९) परीक्षण गर्दा पोजेटिभ देखिएका नमुनालाई सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएको छ । सोमबार सूचना जारी गर्दै विभागले विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्दा एन्टिजेन परीक्षणमा देखिने पोजेटिभ नमुनालाई जीन सिक्वेन्सिङका लागि पठाउन अनुरोध गरेको हो ।
दक्षिण अफ्रिकासँगै केही देशमा कोरोना भाइरसको ‘ओमिक्रोन’ नयाँ भेरियन्ट देखिएकाले सजगता अपनाउन विभागका महानिर्देशक डा. दीपेन्द्ररण सिंहले पोजेटिभ आएका नमुनालाई थप प्रदेशका प्रयोगशालासँग समन्वय गरेर राष्ट्रिय प्रयोगशाला पठाउन आग्रह गरेका हुन् । केही मुलुकहरूमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’सहित कोभिड १९ का केसहरू बढिरहेकाले वर्तमान समयमा नाकामा थप सजगता अपनाउन र पोजेटिभ नमुना समन्वय गरेर प्रदेश प्रयोगशाला हुँदै राष्ट्रिय प्रयोगशालामा पठान हेल्थ डेस्कलाई आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण