ओलीको नेतृत्व एमालेका लागि मात्र नभई देशकै लागि आवश्यक : रघुवीर महासेठ
नेकपा एमालेको दशौं महाधिवेशनमा केपी शर्मा ओलीले सार्वजनिक गरेको सूचीअनुसार सचिव पदमा उम्मेदवारी दिएका रघुवीर महासेठले अहिले टीममा नपरेर छुटेका कतिपय नेतालाई तीन महिनाभित्र पार्टी कमिटीमा ल्याइने दाबी गरेका छन् ।
सोमबार साँझ महाधिवेशन स्थलमा पत्रकारहरुसँग कुरा गर्दै महासेठले अहिले देशमा एमालेको विकल्प नरहेको र केपी शर्मा ओलीको नेतृत्व एमालेका लागि मात्र नभई देशकै लागि आवश्यक रहेको बताए । उनले भने, ‘केही साथी विभिन्न कारणले छुट्नु भएको छ, तर उहाँलाई समेट्ने काम हुन्छ । जति साथीहरु छुट्नु भएको छ, तपाईहरु हेर्नुहोला, तीन महिनाभित्र फेरि उहाँहरु संगठित भएर यही कमिटीमा आएर काम गर्नुहुन्छ ।’
आवश्यकता अनुसार विभिन्न समयमा पार्टी कमिटीमा कतिपयलाई मनोनित गरेका उदाहरण रहेको भन्दै उनले अहिले टीममा नपरेका साथीहरुलाई मनोनित गरेर पार्टी कमिटीका जिम्मेवारीमा राखिने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण