एमाले महाधिवेशन : मतदान ढिलो सुरु हुने सम्भावना
सोमबार, १३ मङ्सिर २०७८, १९ : ४२
नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि अध्यक्षसहित विभिन्न पदमा हुन गइरहेको मतदानमा ढिला हुन सक्ने केन्द्रीय निर्वाचन समितिका पदाधिकारीले जनाएका छन् ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिला भएका कारण मतदानको समय पनि पर धकेलिन सक्ने जनाइएको हो । केही विषय मिलाउन बाँकी रहेका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको छ ।
केन्द्रीय निर्वाचन समितिले मतदानका लागि राति ९ देखि बिहान ३ बजेसम्मको समय निर्धारण गरेको थियो । तर उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन बाँकी नै छ ।
केन्द्रीय निर्वाचन समितिका पदाधिकारीका अनुसार राति ११ बजेबाट मतदान सुरु गर्ने सम्भावना बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण