तीनबुँदे सहमति कार्यान्वयन गर्न पहल गर्छु : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा सहमत भएको बताएका छन् । त्यसको लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताउँदै प्रचण्डले चाँडो प्रक्रिया अगाडि बढाउन पहल गर्ने बताए ।
सोमबार नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँगको भेटवार्ताका क्रममा उनले भने, ‘तीन बुँदे सहमति सरकारले कार्यान्वयन गर्नुपर्छ । प्रक्रिया कहाँ पुगेको छ, प्रधानमन्त्रीजीसँग पनि कुरा गर्छु र जेलमा रहेका सम्पूर्ण बन्दी साथीहरु रिहाईको लागि पहल गर्छु ।”
भेटमा नेता सुदर्शनले तीन बुँदे सहमति गरेको यतिको समय भइसक्दा पनि सरकारले चासो नदेखिएको भन्दै प्रचण्डलाई पहल गर्न आग्रह गरेका थिए । सहमति कार्यान्वयन नहुँदा बन्दी नेता कार्यकर्ताहरु रिहाइ हुन नसकेको र आम जनतामा सरकार इमान्दार नभएको भन्ने प्रभाव पर्न थालेको सुदर्शनले बताएका थिए ।
भेटमा सहभागी नेकपाका युवा नेता भीम चापागाईका अनुसार दुबै नेता राष्ट्रिय राजनीति र जनताको अधुरा अधिकार पूरा गर्ने जिम्मा माओवादीहरूको काँधमा आएको विषयमा एकमत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण