एमाले महाधिवेशन : यी हुन् सर्वसम्मत भएका पदहरु
नेकपा एमालेको जारी दशौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका पदमा सर्वसम्मत भएको छ । विधानमा व्यवस्था भएको सिट संख्या बराबर नै उम्मेदवारी परेपछि ती पदमा सर्वसम्मत निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिको भनाइ छ ।
समितिका अनुसार वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव पदमा सर्वसम्मत भएको हो । यस्तै, प्रदेश २, बागमती प्रदेश गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको खुला केन्द्रीय सदस्य र महिला सदस्यमा सर्वसम्मत भएको छ ।
यस्तै, सुदूरपश्चिमको खुला केन्द्रीय सदस्य, उपत्यका विशेषको खुला र महिला एक÷एक सदस्य पदमा पनि सर्वसम्मत भएको छ । सम्पर्क समन्वयतर्फ खुला १ र महिला १ पदमा पनि सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, समावेशीतर्फ आदिवासी जनजाति खुलातर्फ १७, महिलातर्फ ८, मधेसी खुलातर्फ १३ र महिलातर्फ ६, दलित महिलातर्फ ४, थारु महिलातर्फ २, मुस्लिम खुलातर्फ ४, मुस्लिम महिलातर्फ २, श्रमिक खुलातर्फ ४ र श्रमिक महिलातर्फ २, पिछडिएको क्षेत्र महिलातर्फ १, खुला महिलातर्फ ५३, केन्द्रीय निर्वाचन आयोगमा २५ (पदाधिकारीसहित), केन्द्रीय लेखा आयोग २५ (पदाधिकारीसहित) सर्वसम्मत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण