एमालेको पदाधिकारीमा कसले कति मत ल्याए ? (सूची)
नेकपा एमालेको दशौं महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ । केन्द्रीय निर्वाचन आयोगका संयोजक विजय सुब्बाले महाधिवेशनबाट निर्वाचित कमिटीबारे जानकारी दिएका हुन् ।
उनका अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले अध्यक्ष १८३७ मत हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत हासिल गरेका छन् । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, ६ उपाध्यक्षमा निर्वाचित भएका अष्टलक्ष्मी शाक्यले १९७६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा ‘बादल’ले १७६८, विष्णु पौडेलले १८५६, सुरेन्द्र पाण्डेले १९२५ र सुवास नेम्वाङले १८६५ मत हासिल गरेका छन् ।
महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, तीन उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।
७ सचिवमा गोकर्ण विष्टले १९७४, छविलाल विश्वकर्माले १८०३, टोपबहादुर रायमाझीले १८०४, पदमा कुमारी अर्यालले १७९९, योगेश भट्टराईले १९६०, रघुवीर महासेठले १५०० र लेखराज भट्टले १७०४ मत हासिल गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण