चुनावको माहोल बन्दैछ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश यतिबेला चुनावी माहोलमा रहेको भन्दै कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । दलहरूका महाधिवेशन र सम्मेलनहरूलाई आउने चुनावको तयारी रुपमा व्याख्या गर्दै उनले मंगलबार बुटवलमा आयोजित कार्यक्रममा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।
पार्टीका केन्द्रीय प्रतिनिधि तथा रुपन्देही जिल्ला इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)को शोकसभामा अध्यक्ष प्रचण्डले चुनाव लोकतन्त्रको सुन्दर पक्ष रहेको पनि बताए । उनले चुनाव निष्पक्ष हुनुपर्नेमा सबैको ध्यान जान जरुरी रहेको उल्लेख गरे ।
अहिले अप्ठ्यारो परिस्थितिमा गुज्रिँदै गरेको देशलाई नयाँ राजनीतिक दिशा र विकासतिर लैजाने जमर्को आफूहरुले गरेको उनको भनाइ थियो । उनले समझदारी र सहकार्य सहित देशलाई समृद्धितर्फ लैजान दलहरूको सहकार्य आवश्यक रहेको प्रस्ट पारे ।
उनले रामप्रसाद बन्जाडे (टंकमणि)लाई विशेष क्षमता भएको व्यक्तिका रुपमा आफूले चिनेको भन्दै क्रान्तिको बेलामा जीवनकै खतराको बीच पनि जोखिमपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेको स्मरण गरे । बन्जाडेको केही दिनअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण