त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुनका ‘बाला’ बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुनका बाला बरामद गरिएको छ । मंगलबार मध्यराति सम्ममा ११ किलो सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए ।
मंसिर १३ मा भन्सार कार्यालयले एकैदिन २१ किलो सुन बरामद गरेको थियो । विदेशबाट फर्किनेहरुले ल्याएको बाला आकारको सुन विमानस्थलमा नियन्त्रणमा लिएर राजस्व तिराउन थालिएको छ ।
यसअघि विदेशबाट फर्किनेहरुले ५० ग्रामसम्म सुनलाई बंग्याएर बालाको आकार बनाएर ल्याउँदा भन्सार छुट पाउने गरेका थिए । तर, सो सुविधाको दुरुपयोग गरेको भेटिएपछि भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरिएको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।
मंगलबार मध्यराति सम्ममा २ सय २१ जना खाडी मुलुकबाट सुन बोकेर आएका थिए । उनीहरुमध्ये १ सय ४७ जनाले भन्सार शुल्क तिरेर ६ किलो ९८२ ग्राम सुन लगेका छन् । सो बापत ६७ लाख ३० हजार राजस्व संकलन गरिएको छ । ४ किलो सुन भन्सार काउन्टरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण