राप्रपाको महाधिवेशनमा सीपी मैनालीले गरे राजा महेन्द्रको प्रशंसा
नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रको खुलेर प्रशंसा गरेका छन् । राप्रपाको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राजा महेन्द्र ‘राष्ट्रवादी’ रहेको बताए ।
उनले नेपालको राजनीतिक इतिहासमा भएका चार वटा राजनीतिक परिवर्तनमध्ये राजा महेन्द्रले गरेको परिवर्तन बाहेक अरु सबै परिवर्तन बाह्य हस्तक्षेपको अवाञ्छित परिणाम रहेको दाबी गरे । उनले भने, ‘हामीमाथि थोपरिएका बाह्य प्रभाव र हस्तक्षेपलाई हामीले अनदेखा गर्यौं ।’
राजा महेन्द्रले दिल्ली हस्तक्षेपबाट भएका परिवर्तनलाई खारेज गरिदिएको उनको भनाइ थियो । ‘सिंगो नेपाल भारतमा गाभिएको सिक्किमजस्तो हुनबाट रोक्न पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने त्यो राजा महेन्द्रले नै हो,’ उनले भने, ‘संविधानसभा हाम्रो ७ दशकदेखिको एजेण्डा भनेर नेताहरुले भन्दै आउनु भएको छ, ००९/०१० सालमा संविधानसभा गर्न पाएको भए नेपाल सिक्किम भइसक्थ्यो । महेन्द्रले त्यो बुझेर तुहाइदिनुभयो ।’
उनले अगाडि भने, ‘सीपी मैनाली राजा महेन्द्रलाई राष्ट्रवादी भन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण