नक्कली ‘युरेनियम’ देखाएर २ करोड ठग्न खोज्ने ३ जना पक्राउ
बिहीबार, १६ मङ्सिर २०७८, ११ : ४५
१
नक्कली ‘युरेनियम’ देखाएर ठग्न खोजेको आरोपमा महानगरीय अपराध महाशाखाले ३ जना युवकलाई पक्राउ गरेको छ । १२ सय ग्रामको दुईवटा ढुंगाजस्तो देखिने वस्तु देखाएर उनीहरुले ठग्न खोजेको अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–६ घर भएका ३१ वर्षीय प्रदिप घिमिरे, राजेन्द्र परियार र काठमाडौंको तारकेश्वर नगरपालिका स्थित फुटुङ घर भएका २६ वर्षीय रञ्जित कार्की छन् ।
उनीहरुको साथबाट कालो र सेतो मिसिएको १२ सय ग्रामको ढुंगा बरामद गरिएको एसपी पंगेनीले बताए । आरोपीहरुले युरेनियम भनेर सो ढुंगालाई २ करोडमा बेच्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । बालाजुबाट पक्राउ गरेर आरोपीहरुमाथि महाशाखाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन