नेपाली काँग्रेस महोत्तरी ३ को अधिवेशनमा झडप
नेपाली काँग्रेस महोत्तरी-३ को अधिवेशनमा झडप भएको छ । जारी क्षेत्रीय अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको हो । संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको बन्द सत्रमा सहभागीहरूले बताएका छन् ।
महोत्तरी–३ बाट मनोज झा, रागवेन्द्र झा र रामु यादव सभापतिको आकांक्षी छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधिनिकट मानिन्छन् भने रागवेन्द्र रामचन्द्र पौडेल निकट हुन् । काँग्रेसका पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारीका कारण झडप भएको निधि निकट नेताहरूले आरोप लगाएका छन् । ‘रागवेन्द्र झालाई सभापति बनाउने विवादले समस्या सिर्जना भएको हो’ काङ्ग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने ।
तिवारीले चुनावभन्दा पनि रागवेन्द्र झालाई सर्वसम्मत सभापति बनाउनुपर्ने अडान गरेको तर विमलेन्द्र निकट नेताहरूले अस्वीकार गरेपछि तिवारी पक्षले टोले गुण्डा परिचालन गरेको आरोप छ । मनरासिस्वा नगरपालिका–८ मा बाँकी रहेको वडा अधिवेशन पनि तिवारी पक्षकै कारण अगाडि बढ्न नसकेको निधि पक्षको आरोप छ । ‘तिवारी तथा पौडेल समूहले वडामा चुनावको तयारी हुँदै गर्दा फर्जी मतदाता ल्याएर निर्वाचन भाँड्न खोजेको आरोप छ क्षेत्र नम्बर ३ का उपसभापति विजय साहले भने ।
बन्द सत्रमा भएको झडपमा नेता रामु यादव सामान्य घाइते भएका छन् । तिवारी पक्षले बन्द सत्रमा नै गुण्डा परिचालन गरेपछि निधि समूह छलफल नै नगरी बाहिरिएको साहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण