नकुलले प्रतिमासँग गाए ‘ढल्की जाला त्यो लाली जोवान’
गायकद्धय नकुल थापा र विष्णु थापाले मिठो लोकदोहोरी गीत ‘ढल्की जाला त्यो लाली जोवान’ ल्याएका छन् । शब्द समेत नकुल र विष्णुकै रहेको गीत गायनमा दुबैलाई अर्याल र रीता पौडेलले स्वरमा साथ दिएका छन् ।
नकुल र विष्णुको गृह जिल्ला सिन्धुपाल्चोकस्थित सुनकोशी नदी तथा धार्मिक एवं पर्यटकीय गन्तव्य बलेफीलाई केन्द्रीत गरेर तयार गरिएको गीत रोमान्टीक शैलीमा तयार भएको छ । गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ ।
जुनसुकै सभा समारोह र मनोरञ्जस्थल तथा मेला, पर्व र पिकनिकमा छम छम नाच्न मिल्ने गरी तयार पारिएको भिडियोमा मोडलहरु सञ्जिव ठकुरी र अस्मिता आचार्यका साथमा बाल कलाकारहरु निश्चलजंग थापा र गृष्मा थापामगरको समेत अभिनय रहेको छ ।
श्रीकाली चौरको रमणीय स्थलमा छायाँकन गरिएको भिडियोमा शिशिर बुढाथोकीको निर्देशन तथा कोरीयोग्राफी छ । भिडियोमा दीपक गिरीको छायाँकन, रोशन धितालको सम्पादन छ । आफु जन्मे हुर्केको जिल्लाको प्रचार प्रसारका लागि गीतमा सो क्षेत्रको प्रसंग समेटिएको गायक थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण