टेकु अस्पतालमा इमर्जेन्सी सेवा निःशुल्क
शुक्रबार, १७ मङ्सिर २०७८, १५ : २१
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनलगत्तै सो अस्पतालले मंसिर १९ गतेदेखि निशुल्क सेवा सुरु गरेको हो । सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्य अन्तर्गत पहिलो चरणमा टेकु अस्पतालबाट उक्त सेवा सुरु गरिएको मन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीले बताए ।
कोरोना भाइरसको तेस्रो लहरको हुनसक्ने सम्भावित जोखिमलाई समेत मध्यनजर गर्दै इमर्जेन्सी सेवा दिन लागिएको हो । निःशुल्क दिन २४ घण्टा भित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निशुल्क हुनेछ । निःशुल्क सेवा अन्तर्गत रगत परीक्षण, एक्सरे, इसीजी, टिकट लगायतका सुविधा र २४ घण्टाभित्रको परीक्षण सुविधा र लाग्ने औषधि समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण