शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

टेकु अस्पतालमा इमर्जेन्सी सेवा निःशुल्क

शुक्रबार, १७ मङ्सिर २०७८, १५ : २१
शुक्रबार, १७ मङ्सिर २०७८

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निशुल्क गर्ने भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनलगत्तै सो अस्पतालले मंसिर १९ गतेदेखि निशुल्क सेवा सुरु गरेको हो । सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्य अन्तर्गत पहिलो चरणमा टेकु अस्पतालबाट उक्त सेवा सुरु गरिएको मन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीले बताए ।

कोरोना भाइरसको तेस्रो लहरको हुनसक्ने सम्भावित जोखिमलाई समेत मध्यनजर गर्दै इमर्जेन्सी सेवा दिन लागिएको हो । निःशुल्क दिन २४ घण्टा भित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निशुल्क हुनेछ । निःशुल्क सेवा अन्तर्गत रगत परीक्षण, एक्सरे, इसीजी, टिकट लगायतका सुविधा र २४ घण्टाभित्रको परीक्षण सुविधा र लाग्ने औषधि समेत रहेको छ  ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप