कमलको समर्थनमा पशुपतिले भने– काँचो नेतृत्वको पक्षमा छैन
शनिबार, १८ मङ्सिर २०७८, २० : ००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले आफू राजेन्द्र लिङदेनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा आफूले लिङ्देनको पक्षमा अपिल गरेको देखेपछि उनले सो कुरा बताएका हुन् ।
यतिमात्र होइन आफू काँचो नेतृत्वको पक्षमा नरहेको पनि बताएका छन् । राणाको वक्तव्यलाई अध्यक्षका अर्का उम्मेदवार कमल थापाले समेत सेयर गरेका छन् । उनले लेखेका छन्, 'राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टी एकताको पक्षमा गर्नुभएको त्यागलाई निहित स्वार्थका निम्ति दुरुपयोग गर्नु निन्दनीय छ। "काँचो नेतृत्व"बाट सचेत रहौँ।' यसअघि तीन अध्यक्षमध्ये प्रकाशचन्द्र लोहनी लिङ्देनको पक्षमा खुलिसक्दा राणाले भने पत्रकार सम्मेलनको आयोजना गरेर कुनै पक्षमा नखुली आफू सहमतिमा नेतृत्व चयनको पक्षमा रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण