सेकेन्ड ह्यान्ड कम्प्यूटर, ल्यापटप तथा फर्निचर बेच्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले पुराना इलेक्ट्रिक सामाग्री, कम्युटर, ल्यापटपसहित ६ लाख ६३ हजार रुपैयाँ बराबरको सेकेन्ड ह्यान्ड सामाग्री बेच्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै बैंकले केन्द्रीय कार्यालय बालुवाटारमा रहेको पुराना काम नलाग्ने सम्पति तथा फुटकर फर्निचर सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम विबक्री गर्न चाहेको बताएको हो ।
बैंकका अनुसार पुराना अफिस इक्विपमेन्ट, कम्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपि मेसिन, टिभी, प्रोजेक्टर, एसी लायत फर्निचहरु टेबल, कुर्सी, सोफासेट र र्याक, फुटकर ब्याट्री तथा युपिएस, तामाको तार आदि बेच्ने चाहेको हो ।
इच्छुक खरिदकर्ताले सूचना जारी भएको मितिले १५ दिनभित्र न्यूनतम ६ लाख ६३ हजार ५२३ रुपैयाँ ५७ पैसामा खरिद बोलपत्र हाल्न बैंकले आह्वान गरेको छ । तर, सार्वजनिक बोलकबोल गर्ने खरिदकर्ताले कबोल गर्दा कुल खरिद रकमको न्यूनतम ५ प्रतिशत रकम पहिले नै दरखास्तसँगै धरौटी बुझाउनुपर्ने बैंकले बताएको छ ।
मंसिर १९ गते आह्वान भएको बोलकबोल १५ दिनसम्म जारी रहने र आगामी पुस ५ गते दिनको १ बजे अन्तिम खरिदकर्ताको टुंगो लगाउने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण