दरबारमार्गबाट श्रोत नखुलेको ६९ लाख ५० हजारसहित एकजना पक्राउ
आइतबार, १९ मङ्सिर २०७८, १४ : ३२
प्रहरीले काठमाडौंको दरबारमार्गबाट श्रोत नखुलेको ६९ लाख ५० हजारसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलका म्यानेजर हिरोसी खनाललाई ६९ लाख ५० हजारसहित पक्राउ गरेको हो ।
खनालबाट नेपाली एक हजार रुपैयाँका १०० वटा भएका ४९ बण्डल, पाँच सय रुपैयाँ दरका १०० ओटा भएको ४१ बण्डल र बिइङ ह्युमन लेखिएको निलो रङको एक थान हाते झोला समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार पक्राउ परेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं ल्याई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक पाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण