यी हुन् सुनिल शेट्टीका छोराकी प्रेमिका, बाँच्छिन् विलासी जीवन
अहान शेट्टी आफ्नो डेब्यू फिल्म तडपका कारण चर्चामा छन् । उनको फिल्मले पहिलो र दोस्रो दिन बक्स अफिसमा शानदार व्यापार गरेको छ । अहान शेट्टीको यो फिल्मको बुधबार मुम्बईमा स्पेशल स्क्रिनिङ राखिएको थियो, जसमा उनकी प्रेमिका तान्या श्रोफ पनि पुगिन् । तान्या असाध्यै सुन्दर छिन् र आफ्नो तस्बिरमार्फत् सोसल मिडियामा छाइरहन्छिन् । अहान शेट्टीकी प्रेमिका तान्या श्रोफ फेसन मोडल हुन् र सोसल मिडिया सेलिब्रिटी हुन् । साथै उनको फ्यान फलोविङ पनि असाध्यै बलियो छ ।
अहान शेट्टीकी प्रेमिका तान्या श्रोफलाई देखेर प्रशंसक यो जान्न इच्छुक छन् कि आखिर तान्या के गर्छिन् र यी दुई कहिलेदेखि सम्बन्धमा छन् । स्मरण रहोस्, तान्या श्रोफ सन् २०१५ देखि मोडलिङ क्षेत्रमा सक्रिय छिन् । उनले हालसम्म थुप्रै चर्चित ब्रान्डसँग काम गरेकी छिन् । तान्याका पिता चर्चित उद्योगपति जयदेव श्रोफ हुन् ।
अहान शेट्टी र तान्या श्रोफ एक अर्कालाई विद्यालयदेखि नै चिन्दथे भनेर भारतीय सञ्चार माध्यमले बताएको छ । तान्या हाल लण्डनमा बस्छिन् । उनको इन्स्टाग्राममा फ्यान फलोविङको कुरा गर्ने हो भने १८८ हजारभन्दा पनि बढी छन् । आहान र तान्याको रोमान्टिक तस्बिर धेरैजसो सोसल मिडियामा चर्चित भइरहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
