नियमित भेटघाट रोकेर ‘प्रचण्ड’ सम्मेलन केन्द्रीत काममा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित भेटघाट रोकेर सम्मेलन केन्द्रीत काममा लागेका छन् । माओवादीको प्रदेश सम्मेलन आगामी मंसिर २५ गते हुँदैछ । त्यसका लागि आवश्यक दस्तावेज लेखन तथा राजनीतिक प्रतिवेदनहरू तयार गर्नुपर्ने भएकाले अध्यक्ष प्रचण्डले नियमित भेटघाट बन्द गरेको उनको नीजि सचिवालयले जनाएको छ ।
‘२५ गते प्रदेश सम्मेलनको तयारी गर्नुपर्ने भएकाले केही दिन उहाँले नियमित भेटघाटलाई समय दिन नसक्ने बताउनुभएको छ’, प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘एकान्त बास नै त के भनौँ तर नियमित भेटघाट चाहीं बन्द हो ।’
यसैबीच माओवादीले प्रदेश सम्मेलन अघि स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रले पुसमा हुने राष्ट्रिय सम्मेलनमार्फत विधानमा सामान्य संशोधन गर्ने तयारी गरिरहेको छ ।
त्यसका लागि राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानको आवश्यक परिमार्जन गर्न नेता देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका प्रसाद यादव रहेको समिति गठन गरिसकेको छ । त्यसैगरी राष्ट्रिय सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत,गणेश साह रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण