सिटौला फकाउन निवासमै पुगे रामचन्द्र
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अर्का नेता कृष्णप्रसाद सिटौलालाई भेट्न चन्डोलस्थित उनकै निवास पुगेका छन् । आफ्नो समूहबाट १४ औँ महाधिवेशनमा साझा उम्मेदवार तय गर्न सकस परिरहेका बेला पौडेल सिटौलालाई भेट्न पुगेका हुन् ।
स्रोतका अनुसार आजको भेटमा पौडेलले सिटौलालाई आगामी महाधिवेशनबाट नेतृत्वका लागि सबैजना एक ठाउँमा उभिनुपर्ने प्रस्ताव अघि सारेका थिए । जवाफमा सिटौलाले यस विषयमा निर्णय लिन आफ्नो समूहमा छलफल गर्नुपर्ने बताएका थिए । दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो ।
छलफलपछि नेता पौडेल आफ्नो निवास फर्किएका छन् । यता, साझा उम्मेदवार छान्नका लागि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाएको बैठकमा सभापतिका दाबेदारहरू नै नआएपछि अलपत्र बनेको छ । पौडेल केही बेर बैठकमा बसेर बाहिरिएका थिए । बैठकपछि उनी सिधै सिटौलालाई भेट्न उनकै निवासमा पुगेका थिए । यसअघि सिटौलालाई खासै महत्त्व नदिएका पौडेल उनकै निवास पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । उता, सिटौलाले जिल्लादेखि प्रदेश अधिवेशनमा पार्टीका सभापति शेरबहादुर देउवासँग ‘एलायन्स’ गरेका थिए । केन्द्रमा पनि सिटौला र देउवाबीच नै एलायन्स बन्न सक्ने चर्चा चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
