हेलिकप्टर दुर्घटनामा भारतीय ‘चिफ अफ डिफेन्स’ विपिन रावतको मृत्यु
भारतमा बुधबार एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स’ विपिन रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ । रावत भारतकै पहिलो ‘चिफ अफ डिफेन्स’ हुन् ।
बुधबार तमिलनाडूमा सैनिक हेलिकप्टर दुर्घटना भएको हो । सो हेलिकप्टरमा १४ जना सवार थिए । दुर्घटनामा हेलिकप्टरका पाइलट भने घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनरल बिपिन रावतको निधनमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मलाई तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनाप्रति धेरै दुःख लागेको छ जसमा जनरल बिपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानलाई गुमाउनु परेको छ । उहाँले पूरा लगनका साथ भारतको सेवा गर्नुभएको छ । मृतकका परिवारजनप्रति मेरो समवेदना छ ।’
भारतीय वायुसेनाका अनुसार एमआई–१७ भी ५ हेलिकप्टर दुर्घटना भएको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले बुधबार दिउँसो नै विपिन रावतको घरमा पुगेर उनका परिवारजनसँग भेट गरेका थिए ।
जनरल रावत १ जनवरी २०२० मा देशको पहिलो चिफ अफ डिफेन्स नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण