पोखराबाट लागू औषधसहित ६ जना पक्राउ
पोखराबाट अवैध लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–५ माले पाटनबाट तीन, सृजना चोकबाट दुई र पृथ्बी चोकबाट १ जना रहेका छन । लागूऔषधसहित गोरखा पालुङ्टार–८ धुँवाकोट घर भएका रोशन काराखेती, आरुघाट–५ घर भएका बुद्ध कार्की र खोटाङ जन्तेढुंगा –५ घर भएका मिलन राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवम् प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
उनीहरुको साथबाट डाईजापाम –९, फेनेरागन–९ र आइबुनर्फिन–९ एम्पुल लागू औषधसहित पक्राउ गरिएको उनले बताए । यस्तै, पोखराको सृजना चोक बस्ने विश्व गिरी र छिने डाँडा बस्ने सुनील परियार समेत पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट डाईजापाम –३१, आइबुनर्फिन–३१ र फेनेरागन ३१ एम्पुल वरामद गरेको छ ।
कास्की माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक घर भइ पोखरा पृथ्वीचोक बस्ने सुवास रानामगरको साथबाट डाईजापाम–१५,आइबुनर्फिन– १५ र फेनेरागन– १५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विरुद्ध लागूऔषधसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी तिवारीले बताए ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं ५ मालेपाटनबाट गोरखा पालुङ्टार नगरपालिका ८ धुँवाकोट स्थायी घर भएका रोशन काराखेती, गोरखा आरुघाट गाउँपालिका वडा नं ५ स्थायी भएका बुद्ध कार्की, खोटाङ जन्तेढुंगा गाउँपालिका ५ स्थायी घर भएका मिलन राई, कास्की माछापुच्छ्रे गाँउपालिका वडा नं. ४ लाहाचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं ९ पृथ्वीचोक बस्ने वर्ष ३१ को सुवास राना मगर र पोखरा महानगरपालिका वडा नं सृजनाचोक बस्ने विश्व गिरी रहेका छन् ।
उनीहरुको साथबाट डाईजापाम–६ एम्पुल, नुर्फिन–६ एम्पुल र फेनरागन–६ एम्पुल गरी जम्मा १८ एम्पुल र ईजापाम–१५एम्पुल,नुर्फिन–१५एम्पुल, फेनारगन–१५ एम्पुलगरी जम्मा ४५ एम्पुल बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण