इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३९ पुग्यो
इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १२ जना हराइरहेका यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ ।
प्रभावित क्षेत्रबाट करिब चार हजार व्यक्तिलाई अस्थाई वासस्थानम सारिएको छ । ज्वालामुखी भग्नावशेष, भत्किएका भवन र ध्वस्त भएका सवारीसाधनमा बाँचेका र शव खोज्दै, उद्धारकर्ता खतरनाक परिस्थितिसँग लडिरहेका छन् । यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि १२ जना व्यक्ति हराइरहेको जानकारी दिए ।
उनले हराएका ती व्यक्तिको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने बताएका छन् । जाकार्ता समयानुसार गत शनिबार दिउँसो ३ः१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकातासँगको खेल वर्षाले रद्द, राजस्थान तेस्रो स्थानमा सीमित
-
चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
-
संविधान संशोधन गर्न र संसदीय सुनुवाइ हटाउन बारको माग
-
कति पुग्यो डलरको मूल्य ?
-
स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’