हेफर ईन्टरनेशनलद्वारा ४३ जिल्लाका तीन लाख विपन्न परिवारलाई सहयोग
हेफर ईन्टरनेशनल नेपालले ४३ जिल्लाका तीन लाखभन्दा बढी गरिब तथा विपन्न परिवारलाई सहयोग पुर्याएको छ । हेफरले एक सयभन्दा बढी स्थानीय नेपाली गैर सरकारी संस्थासँगको सहकार्यमा तीन लाख नेपालीलाई सहयोग पुर्याएको हो ।
हेफर साना किसानको दिगो विकासमा अग्रणी भूमिका खेल्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचालित छ । हेफरले स्ट्रन्थिङ स्मलहोल्डर्स इन लाईभस्टक भ्यालू चेन’ कार्यक्रम अन्तर्गत सन २०१८–२१ मा मूल्य सृङ्खलामा आधारित बजार प्रणाली विकास तथा प्रबद्र्धन गरी उद्यमी किसानको विकास गर्ने लक्ष्य लिएको छ ।
यस कार्यक्रमले १६० संकलन केन्द्र तथा ५२३ शाखा संकलन केन्द्रहरू स्थापना गरेर दूध, तरकारी तथा खसीबोकाको बजारीकरण गर्दै आएका छन् । बजारीकरणको क्रममा नियमित ढुवानी सेवाको उपलब्धता प्रमुख समस्या को रूपमा देखा परेको छ । यस समस्याको समाधानका लागि सहकारी तथा हेफर ईन्टरनेशनलको आर्थिक साझेदारीमा ढुवानी साधनहरू सहकारीको स्वामित्वमा व्यवस्थापन गरिएको छ ।
साथै, यस कार्यक्रममा स्थानीय सरकार तथा प्रदेश सरकारबाट पनि आर्थिक स्रोत परिचालन भएको छ । यस कार्यक्रम अन्तर्गत हेफर ईन्टरनेशनल नेपालले पहिलो चरणमा २८ वटा र हाल ४७ वटागरि जम्मा ७५ वटा कृषि सहकारीलाई कृषि ढुवानी को साधन प्रदान गरेको छ । यसरी खरिद गरिएका कृषि ढुवानी को साधनको जम्मा मुल्य २२ देखि २४ लाखको ५०५ रकम सहकारीले लगानी गरेको छ भने बाँकी ५०५ रकम हेफरले सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जारी, हायर पर्चेज कर्जाको जोखिम भार घट्यो
-
रणनीति बनाउन सिंहदरबार र बानेश्वरमा सत्ता र प्रतिपक्षको छलफल
-
तयारीका लागि कांग्रेसले माग्यो सभामुखसँग समय
-
तीन जिल्लाका सीडीओ फेरिए, बाँकेमा खगेन्द्र रिजाल
-
सहकारी प्रकरण : यी हुन् छानबिन समिति बनाउनबारे सत्ता र प्रतिपक्षले नमानेको सहमतिका 'ड्राफ्ट'
-
आईपीएलमा आज : लखनउसँग बदला लिने धुनमा मुम्बई