हेफर ईन्टरनेशनलद्वारा ४३ जिल्लाका तीन लाख विपन्न परिवारलाई सहयोग
हेफर ईन्टरनेशनल नेपालले ४३ जिल्लाका तीन लाखभन्दा बढी गरिब तथा विपन्न परिवारलाई सहयोग पुर्याएको छ । हेफरले एक सयभन्दा बढी स्थानीय नेपाली गैर सरकारी संस्थासँगको सहकार्यमा तीन लाख नेपालीलाई सहयोग पुर्याएको हो ।
हेफर साना किसानको दिगो विकासमा अग्रणी भूमिका खेल्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचालित छ । हेफरले स्ट्रन्थिङ स्मलहोल्डर्स इन लाईभस्टक भ्यालू चेन’ कार्यक्रम अन्तर्गत सन २०१८–२१ मा मूल्य सृङ्खलामा आधारित बजार प्रणाली विकास तथा प्रबद्र्धन गरी उद्यमी किसानको विकास गर्ने लक्ष्य लिएको छ ।
यस कार्यक्रमले १६० संकलन केन्द्र तथा ५२३ शाखा संकलन केन्द्रहरू स्थापना गरेर दूध, तरकारी तथा खसीबोकाको बजारीकरण गर्दै आएका छन् । बजारीकरणको क्रममा नियमित ढुवानी सेवाको उपलब्धता प्रमुख समस्या को रूपमा देखा परेको छ । यस समस्याको समाधानका लागि सहकारी तथा हेफर ईन्टरनेशनलको आर्थिक साझेदारीमा ढुवानी साधनहरू सहकारीको स्वामित्वमा व्यवस्थापन गरिएको छ ।
साथै, यस कार्यक्रममा स्थानीय सरकार तथा प्रदेश सरकारबाट पनि आर्थिक स्रोत परिचालन भएको छ । यस कार्यक्रम अन्तर्गत हेफर ईन्टरनेशनल नेपालले पहिलो चरणमा २८ वटा र हाल ४७ वटागरि जम्मा ७५ वटा कृषि सहकारीलाई कृषि ढुवानी को साधन प्रदान गरेको छ । यसरी खरिद गरिएका कृषि ढुवानी को साधनको जम्मा मुल्य २२ देखि २४ लाखको ५०५ रकम सहकारीले लगानी गरेको छ भने बाँकी ५०५ रकम हेफरले सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण