माओवादी केन्द्रले बढायो प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या
नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
प्रवक्ता महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव एक , तीन सहसचिव र एक कोषाध्यक्ष रहने छन् । त्यस्तै प्रदेश समितिको संख्यासमेत बढाएको छ । यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर संख्या थप गर्ने भएको हो ।
अब प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वागमीतमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने छन् । त्यस्तै बैठकले पार्टी प्रवेश गर्नेहरुको अध्ययन गर्न देव गुरुङ, गिरीराजमणि पोखरेल र श्रीराम ढकाल रहेको कार्यदल बनाएको माओवादीले जनाएको छ । त्यस्तै बैठकले महिला विभाग थपेर तत्काललाई पम्फा भुसालले उक्त विभागको नेतृत्व गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण