नाडामा थापाले मारे बाजी, ६६ मतले चौधरी पराजित
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा व्यवसायी ध्रुव थापा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापाले विजय हासिल गरेका हुन् । विजयी थापाले १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत ल्याएका छन् ।
अन्य १७ कार्यसमिति सदस्यमा भने करण चौधरीको प्यानलको बहुमत आएको छ। १२ जना करण चौधरीको प्यानल र ५ जना थापा प्यानलबाट कार्यसमिति सदस्यमा जित हासिल गरेका छन्। करण चौधरीको प्यानलबाट मिलन बाबु मल्ल १४ सय ६४, अनुप कुमार बराल १४ सय ६२ , राजनबाबु श्रेष्ठ १४ सय ५६, सुरेन्द्र कुमार उप्रेती १४ सय ३०, सुनिल रिजाल १४ सय १, अभिक ज्योति १३ सय ८२ , प्रकाश कपुरी १३ सय ७८ , बिक्राम सिंघानिया १३ सय ७० मत ल्याएर विजयी छन्। यस्तै, निलमणी पाठक १३ सय ५३, बरदान बस्नेत १३ सय ५३ र पंकज अग्रवालले १३ सय ३७ मत ल्याएर करण चौधरीको प्यानलबाट विजयी भएका छन्।

यता ध्रुव थापाको प्यानलबाट निराकर श्रेष्ठ १३ सय ६४, यमुना श्रेष्ठ १३ सय ६२, कपिल शिवाकोटी १३ सय ४९, प्रदिपमान प्रधान १३ सय ४७ र आकाश गोल्छा १३ सय ४४ मत ल्याएर विजयी भएका छन्। ३१ सय मतदाता मध्ये नाडा निर्वाचन समितिअनुसार २७ सय ८८ मत खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण